परिचयः
नेपालको किरात वंशीय जातिहरुमध्ये खालिङ राई पनि एक हो । यस जातिको आफ्नै पृथक भाषा, संस्कार, संस्कृति र मौलिक परम्परा रहेको छ । खालिङ सभ्यताको विकास सोलुखम्बु जिल्लाबाट भएपनि हाल नेपालको विभिन्न जिल्ला लगायत विश्वको अधिकांश मुलुकहरुमा छरिएर रहेका छन् । यसरी विभिन्न ठाउँमा छरिएर रहेको खालिङलाई एकिकृत बनाउँदै भाषा, संस्कार, संस्कृति र मौलिक पहिचानको उत्थान तथा विकासका लागि विधिवत रुपमा २०५८ सालमा का.जि. प्र.का.  दर्ता  नं. २८८/०५८/०५९  मा भएको किरात खालिङ राई उत्थान संघ, वैधानिक गैर–सरकारी मुनाफारहित एक सामाजिक संस्था हो ।

किरात खालिङ समुदायको साझा संस्थाको रुपमा स्थापित यस संस्थाले विभिन्न संघ/संस्थाहरुसँग परस्पर सामाजिक सद्भाव बढाउँदै आफ्नो भाषा, संस्कार, संस्कृति, परम्परागत रीतिथिति र जीवनशैली, भेषभुषा, ऐतिहासिक थातथलो भूगोल साथै मौलिक इतिहासको संरक्षण र सम्बद्र्धन गर्ने, गराउन शसक्त स्व-पहिचानका कार्यहरु गर्दै आएको छ ।

संस्थाको प्रमुख उद्देश्यः
नेपालको संघीय मूल्य मान्यता अनुसार किरात खालिङ जातिको सामुदायिक, प्राकृतिक सम्पदा, भूमि परम्परागत ज्ञान, सीप तथा बौद्धिक सम्पत्तिमाथिको अधिकार प्राप्तिका साथै हामीहरूको समानान्तर सर्वाङ्गीन विकासका लागि संस्थागत रूपमा सम्पूर्ण खालिङ समुदायको आर्थिक, सामाजिक, भाषिक, धार्मिक, सांस्कृतिक शैक्षिक, राजनैतिक रूपमा राज्यको पहुँचमा रहेका अरू जातजाति र नागरिक सरह खालिङ जातिलार्ई पनि राज्यमा स्थापित गराउन सामाजिक जनचेतनाको विकास र स–शक्तिकरण गर्ने गराउने प्रमुख उद्देश्यहरु रहेको यस संस्थाले सामाजिक सद्भावसँगै खालिङ सभ्यतालाई बचाउँदै सिंगो देशकै सम्पदामाथि एउटा ईंटा थप्ने काम गरिरहेको छ ।

हाम्रो गतिविधि

More

मुन्धुमी घर निर्माण कार्य सुरु

किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले ख्याःल् तम्र म्योलकम् (Khaling Cultural Home) का साथै खालिङ साँस्कृतिक भवन (संग्राहलय) निर्माण कार्य सुरु गरेको छ । खालिङ जातीको लोपोन्मुख अव...

समाचार

More

मुन्धुमी घर निर्माण कार्य सुरु

किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले ख्याःल् तम्र म्योलकम् (Khaling Cultural Home) का साथै खालिङ साँस्कृतिक भवन (संग्राहलय) निर्माण कार्य सुरु गरेको छ । खालिङ जातीको लोपोन्मुख अव...

अध्यक्षको भनाई

किरात खालिङ राई उत्थान संघ विश्वभरीको खालिङहरुको एकमात्र प्रतिनिधि संस्थाको रुपमा वि.सं. २०५८ सालमा का.जि. प्र.का। दर्ता नं। २८८/०५८/०५९ मा भएको किरात खालिङ राई उत्थान संघ, वैधानिक गैर/सरकारी मुनाफारहित एक सामाजिक संस्था हो । यस संस्थाको प्रमुख उद्देश्य खालिङ समुदायलाई एकिकृत र संगठित गर्दै जातिय, भाषिक, धार्मिक, राजनैतिक, आर्थिक र साँस्कृतिक र कलाको संरक्षण गर्ने भएतापनि देशको राजनैतिक परिवर्तनसँगै समाज र समुदायमा विकसित राजनैतिक चेतनाको प्रभावले अबका दिनहरुमा राज्यबाट उपेक्षित र उत्पीडनमा परेको समुदायहरुले राज्यको निर्णायक तहमा प्रतिनिधित्व, स्रोत र साधनमा पहुँच र सामाजिक साँस्कृतिक पहिचान उनीहरुको नैसर्गिक अधिकार हो भन्ने कुरा सकैले विर्सनु हुदैन ।

(more…)

पब्लिकेसन

More

अछयकोस

More

भिडियो

आर्थिक सहयोग दाताहरु